भद्रपुर । पुर्व सञ्चार मन्त्री तथा झापा क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार राम कार्कीले काँग्रेसले प्रजातान्त्रिक र समाजवाद छोडेर धेरै टाढा गइसकेकोले काँग्रेसमा कुनै औचित्य नरहेको आरोप लगाएका छन् । चुनावी प्रचार प्रसारको क्रममा सोमवार विहान भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० मा आएका कार्कीले वाम गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् । जनता जागेको ठाउमा कसैको केहि नलाग्ने उल्लेख गर्दै विजयको आधार भनेको जनताको शक्ति भएको धारणा राखेका थिए । पैसा र सोर्सवालाहरु उठेपनि प्रहरीलाइमात्र समस्या हुने उल्लेख गर्दै जनताले विजयी गराउनेमा आफु ढुक्क रहेको ठोकुवा गरेका छन् । काँग्रेसले भुगोलको नक्कल गर्नु भनेको जुत्ताको नाप हेरेर खुट्टा काट्ने जस्तै भएको शंज्ञा दिए । आफुले चुनाव जित्ने निश्चत भएकोले झापाली जनतामात्र नभई प्रदेश नम्बर १ का जनताले पश्चताप गर्नु नपर्ने आश्वासन दिएका थिए । प्रदेशमा देखिएका समस्यालाइ बहस र छलफलवाट निश्कर्ष निकालेर केन्द्रमा लैजाने उनको भनाइ थियो । पार्टीले आफुलाइ १ नम्बर क्षेत्रमा पठाएकोमा गर्वमहशुस गरेकोले वाम गठबन्धनसहित आफ्नो पार्टीले दिएको जिम्मेवारी पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा प्रदेश ख का उम्मेदवार गोपाल चन्द्र वुढाथोकीले केहि दिनमा सार्वजानिक हुने पार्टीको आधिकारिक घोषणा पत्र अनुसार अघि वढ्ने बताएका छन् । मतदातालाइ परेको जस्तोसुकै समस्या पनि समाधान गर्छु भन्दै हिड्ने विपक्षी उम्मेदवारको भनाइ र गराइमा फराकिलो अन्तर रहेको धारणा राखेका थिए । प्रदेशमा देखिएका समस्यालाइ क्रमागत रुपमा हल गर्दै लैजाने उनले प्रतिवद्धता जनाएका छन् ।