तेह्थुम/तेह्रथुमको लालीगुरास नगरपालिका १ टुटेमा सोमबार विहान शङकास्पद वस्तु फेला परेको छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समुहले राखेको शङकास्पद वस्तु फेला परेको हो ।

टुटेमा रहेको मकालु वाईन इन्डष्ट्रिज तर्फ जाने वाटोको कल्भर्ट माथी विस्फोटक पदार्थ सहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने व्याट्रि  फेला परेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक गणेशराज कोईरालाले बताए ।

विस्फोट पदार्थ राख्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उक्त संस्कास्पद बस्तुको पहिचान गर्न तथा डिस्पोज गर्न संखुवासभामा रहेको नेपाली सेनाको टोली आउदै गरेको प्रहरीले जनाएको छ ।