धरान/आइतबार राती धरान इटहरी सडक खण्डमा पर्ने हलगडामा एम्बुलेन्ससँग  स्कुटर ठोकिदा स्कुटरमा  सवार तीन जनाको मृत्यु भएको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको हलगडा चोकमा को १ च ७००९ नम्बरको एम्बुलेन्स र को २३ प ४६७ नम्बरको स्कुटर आइतबार राति करिब ११ बजे ठोक्किएका थिए । सो दुर्घटनामा इटहरी २ बस्ने स्कुटर चालक डोकबहादुर कार्की, पाल्पा भैरवस्थानका निर्मल गौतम र सुनसरी भरौलकी ४६ वर्षीया सरीता काफ्लेको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

एम्बुलेन्स  चालक सुनिल खड्कालाई थप अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । मृत्यु भएका तीनै जनाको शव पोष्टमाटमका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।