सुनसरी । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिए सँगै प्रदेश एकका सिमावर्ती क्षेत्र सँगै शहरी क्षेत्रमा मादक पदार्थ बेचविखानमा कडाई गरीने भएको छ ।  निर्वाचन अवधिमा शान्ति सुरक्षालाई ख्याल गर्दै मादक पदार्थ सेवन तथा बिक्री वितरणमा कडाई गर्ने प्रहरीले भट्टी पसलहरुलाई निर्देशन दिएको छ । निर्वाचनका बेला हुन सक्ने सम्भावित घट्नालाई मध्यनजर गदै प्रदेश नम्वर एकका जिल्लाहरुलाई मादक पदार्थ सेवन तथा विक्रि वितरणमा रोक लगाउँन सम्वन्धीत जिल्लाहरुलाई निर्देशन दिएको नेपाल प्रहरीका प्रदेश नम्वर एकका प्रहरी प्रवक्ता शिव पोखरेलले जनाए । जिल्लाको अवस्था हेरी हामीले भट्टी पसलहरुमा मादक पदार्थ निर्वाचन अवधीभर रोक लगाउँन निर्देशन दिएका छौ उनले भने । भारत सँग सिमा जाडिएका सबै जिल्लामा सुरक्षा ब्यावस्था कडा बनाई मादक पदार्थ रोक लगाई सकेको उनको भनाई थियो । आगमी १६ गते सम्म निर्वाचन अवधिभर बेलुकी ७ बजेपछि होटल तथा रेस्टुराँमा समेत मदिरा तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउँन निर्देशन आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले वताए । उनले भने १६ गते पछि २१ गते सम्म मदिरा विक्रि वितरणमा पूर्ण रोक लगाउँने भन्ने आदेश आएको डिएसपी राउतले भने । अहिले हामीले सबै पसलहरुमा मादक पदार्थ ७ बजे पछि नबेच्नु भनेका छौ उनले थपे । निर्वाचनको मौनअवधिदेखि मतदान अवधिभर मदिरा बिक्री तथा सेवन गर्न समेत नपाइने निर्णय गरिएको छ । कसैले नियम उल्लंघन गरे कानुनी कारबाही गरिने समेत जनाइएको छ । मादक पदाथै सेवन गरी हो हल्ला गर्ने, लगातयका क्रियाकलाप रोक्न प्रहरी सक्रिय भएर लागी परेको छौ इटहरीका डिएसपी राउतले भने । मध्यरात सम्म रक्सी पसलहरु खुल्दा शान्ती सुरक्षामा खलल पुग्ने भएको कारण प्रहरी सक्रिय भएको जनाए । सिमा क्षेत्रको ५ सय मिटर नेपाल भित्रका आसपास क्षेत्रमा विक्रि वितरण तथा सेवनमा रोक लगाउँन प्रहरीले सक्रिय भुमिका खेलिरहेको जिल्ला प्रहरीका प्रवत्ता डिएसपी नारायाण चिमरियाले वताए । सिमा आसपासका क्षेत्रमा प्रहरीले कडाईका साथ लागीपरीरहेको वताए । सुनसरीमा भएको सर्वदलिय बैठकले मादपक पदार्थ विक्रि वितरणमा रोक लगाउँने सहमती भएको उनको भनाई थियो । निर्वाचनमा अविछिन्न घट्ना हुन नदिन प्रहरील सिमा क्षेत्रमा चेकजाचमा समेत कडाई गरेको वताए । विहारमा मादक पदार्थ रोक लगाए सँगै नेपाली बजारमा भारतीयहरुको संख्या बढ्दै गएकाले अपराध बढ्न सक्ने भन्दै निर्वाचनभर मादक पदार्थ विक्रि तथा सेवनमा रोक लगाईएको उनको भनाई थियो ।