धरान/मंसिर २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत ‘सीमा नाका सम्बन्धी’ नियमित सुरक्षा भेला आइतबार धरानमा बसेकाे छ । भेलाले ७२ घण्टासम्म सीमानाका बन्द गर्ने, अवैद्य हातहतियारको नियन्त्रण गर्ने निर्णय भएको छ । मंसिर १९ गतेदेखि २१ गतेसम्म सीमानाका ठप्प गर्ने दुबै देशका सुरक्षा अधिकारीहरुले निर्णय गरेका छन् । नेपाल भारतको सुरक्षा समितिको नियमित बैठकमा दुवै देशका नागिरकता लिएका व्यक्तिहरु उपर निगरानी गरी प्रमाणसहित आवश्यक कानुनी कारवाही गर्ने, खुल्ला सीमाका कारण निर्वाचनको समयमा हातहतियारको ओसारपसार हुन सक्ने सम्भावना रहेका कारण नाकामा कडाइका साथ चेकजाँज गर्ने, नाकाबाट हुने लागूपदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने निर्णय भएको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकार गोपालप्रसाद पराजुलीले बताए । त्यस्तै त्यस्तै निर्वाचनलाई लक्षित गरी सीमाबाट हुने अपराध नियन्त्रणका लागि सीमामा दुवै देशको सुरक्षाहरुकर्मीको ज्वाइन्ट पेट्रोलिङ, सूचना आदानप्रदान गर्ने लगायतको निर्णयसमेत भएको प्रजिअ पराजुलीले बताए । प्रजिअ पराजुलीको नेतृत्वमा बसेको सुरक्षा भेलामा मोरङ, झापाका प्रजिअसहित प्रहरी प्रमुख, सेना प्रमुखहरुकोमसेत उपस्थिति रहेको थियो । त्यस्तै भारतको अररिया जिल्लाका डिएम हिमांसु शर्मा, किशान गञ्ज जिल्लाका डिएम दिक्षीतको उपस्थिति रहेको थियो ।