शनिश्चरे । मोरङको बेलबारी नगरपालिका – १० स्थित किराँत शिव मन्दिर छेउबाट प्रहरीले शुक्रबार राती ३ जनालाई लागूऔषध सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा, झापा गौरादह – २ का २४ वर्षिय लचित भट्टराई, २५ वर्षिय शुभम कोईराला र २९ वर्षिय शिशुकुमार राजवँशीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । भट्टराईको साथबाट प्रहरीले ५० ग्राम गाँजा र १ बोतल कोरेक्स बरामद गरेको छ । स्थानीयबासीले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले लागूऔषध सेवन गरिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको थियो । उनीहरु बिरुद्ध थप अनुसन्धान भइरहेको बेलबारी प्रहरीले जनाएको छ ।