पाँचथर । विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि जिल्लाको याङवरक गाउँपालिका–३, ओयामको गुप्तेश्वर माविले सञ्चालन गरेको श्रीमदभागवत महापुणमा ६१ लाख रुपैंयाँ बढी रकम संकलन भएको छ ।
विद्यालयको खेलकुद मैदान निर्माण गर्नुका साथै विद्यालयलाई वाल उद्यानको रुपमा विकाश गर्न महापुराणको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मनोज राईले बताए । उक्त पुराणमा समाजसेवी तथा आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उम्मेद्वाहरुले एक लाख २५ हजारसम्म सहयोग गरेका थिए । २४ कार्तिकदेखि सुरु भइ शुक्रबार सम्पन्न हो ।