उर्लाबारी/ मोरङको बुढीगंगा गाउँपालिका– १ मा क्रेनको ठक्करबाट एक वृद्धाको हिजाे मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत इटहरीबाट विराटनगर जाँदै गरेको को१क २२४९ नंको क्रेनले सोही गाउँपालिका बस्ने पैदलयात्री ७० वर्षीया रत्नकुमारी रेग्मीलाई बेलुका ४:४५ बजे ठक्कर दिएको थियो ।
क्रेनको ठक्करबाट गम्भीर घाइते वृद्धालाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएकामा उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । ठक्कर दिने क्रेनलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।