पाँचथर/ आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनका लागि पाँचथरमा साँढे आठ हजार बढी मतदाता थपिएका छन् । स्थानीय तह निर्बाचनमा एक लाख १६ हजार छ सय ४२ जना मतदाता रहेका थिए ।

त्यसमा आठ हजार पाँच सय ७७ थपिएर जिल्लाको कूल मतदाता संख्या एक लाख २५ हजार दुई सय १९ पुगेको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । जसमध्ये ६० हजार चार सय २९ पूरुष र ६४ हजार सात सय ९० जना महिला रहेका छन् । पाँचथरमा पहिलो चरण अन्तर्गत आगामी १० मंसीरमा निर्बाचन हुँदैछ । जिल्लामा प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई वटा निर्बाचन क्षेत्र रहेको छ । जिल्लाको क्षेत्र नम्बर एकमा ६६ हजार दुई सय ३३ र क्षेत्र नम्बर दुईमा ५८ हजार नौ सय ९६ मतदाता रहेका छन् ।

जिल्लामा एक सय एक मतदान स्थलमा एक सय ६५ मतदान केन्द्र रहेनछन् । अहिले तिब्र रुपमा निर्बाचनको तयारी भइरहेको जिल्ला निर्बाचन अधिकारी ध्रुव कुमार राईले बताए ।