धनकुटा/धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निर्वाचन बिरोधी गतिबिधि गर्दै आएकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए । राईले प्रयोग गर्दै आएको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि बुधबार पनि नेकपाका तीनजनालाई प्रहरीले धनकुटाका बिभिन्न स्थानबाट पक्रेको थियो ।
पक्राउ पर्नेमा जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझा, रञ्जित राई र प्रेम कटेल छन् । ओझालाई हिले, राईलाई थलथले र कटेललाई पाख्रीवासबाट पक्राउ गरिएको हो । निर्वाचन विरोधी गतिबिधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ ।