शनिश्चरे, मोरङ । नेपाल जेसीजकी राष्ट्यि उपाध्यक्ष मञ्जरी घिमिरे वाम गठवन्धनमा प्रवेश गरेकी छन् ।
वुधबार साँझ मोरङको पथरीशनिश्चरेमा वाम गठवन्धनका उम्मेदवारको व्यवसायीसँगको भेटघाट कार्यक्रममा सोही नगर निवासी घिमिरे लोकतान्त्रिक फोरम पार्टी परित्याग गरी वाम गठवन्धनमा प्रवेश गरेकी हुन् । प्रखर वक्ता घिमिरे फोरमबाट दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार समेत रहेकी थिइन् ।
भेटघाटका अवसरमा एमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकालले घिमिरेलाई गठवन्धन प्रवेश गराई टीका लगाइदिएका छन् ।
टीका ग्रहणपछि घिमिरेले आफुहरुजस्ताका युवाहरुका लागि केही गर्न चाहने पार्टी एमाले सहितको वामगठवन्धन भएको ठहर गरेर गठवन्धनमा प्रवेश गरेको धारणा राखेकी छन् ।
स्थानीय व्यवसायीहरुले व्यवसायिक हकहित र सुरक्षा तथा नगरको चौतर्फी विकासका लागि थप पहल गर्न उम्मेदवार ढकाललाई आग्रहका गरेका थिए । ढकालले वाम गठवन्धन हुँदै पार्टी एकीकरणको समय भएकाले स्थीर वामपन्थी सरकार निर्माणपछि सवै पक्षको सुरक्षा र विकास हुने तथा आफु समग्र उन्नतीको कुरामा सधैं समर्पित भइरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
वाम गठवन्धनका तर्फबाट मोरङ ३ का निर्वाचन परिचालन कमिटि संयोजक एवम् निवर्तमान सांसद चण्डीप्रसाद राईले कसैको पैसा, निशुल्क स्वास्थ्य उपचारको भ्रममा नपरी वाम गठवन्धनको बहुमतको सरकार बनाउन सवै लाग्न आग्रह गरेका छन् ।