धनकुटा । चौबिसे क्षेत्रको चौतर्फी बिकास गर्न मध्ये चौबिसे राजमार्गको दु्रतगतिमा स्तर उन्नती र बिकासमा आफ्नो निरन्तरता रहने प्रतिनीधि सभा सदस्य पदका उमेदवार राजेन्द्र राईले बताएका छन् ।

साँगुरीगढी गाउँपालिका वडा नं. १ र २ बुढिमोरङ्गको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिुभा सदस्य राईले यस्तो बताएका हुन । ‘यो बाटोले चौबिसे क्षेत्रको बिकासमा महत्पूर्ण अर्थ राख्छ, राईले भने–‘मलाई बिजयी गराउनुभयो भने यो बाटोको काम मेरो पहिलो प्राथमिकता हुनेछ ।’ धरान धनकुटा सडक खण्ड अन्तर्गत कोशी राजमार्गको सिम्सुवा हुंदै कुरुले डाँडा देखि पाँचथरको यावारा डाँडासम्म पुग्ने गरि निर्मित उक्त राजमार्ग चौबिसे क्षेत्रका लागि महत्पूर्ण पहुँच मार्गको रुपमा मानिन्छ । प्रत्यक्ष निवाचित सभासद्हरुले छान्न पाउने एक योजना अन्तर्गत पूर्व सभासद् टिकाराम चेम्जोङ्गले ५ करोडको लागतमा उक्त योजना स्वीकृत गरेका थिए । नेकपा माओवादी केन्द्रका सांगुरीगढी गाउँपालिकाका पार्टी अध्यक्ष जयवहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त चुनावी सभामा प्रदेश सभा सदस्य पदका उमेद्वार निरन राईले आफू बिजयी भएमा चौबिसे क्षेत्रको आधुनिक कृषि प्रणाली,भाषिक क्याम्पस स्थापना र पर्यटनको क्षेत्रमा चौतर्फी बिकासमा काम गर्ने बताएका छन् । कार्यक्रममा पूर्व सभासद् टिकाराम चेम्जोङ्ग, नेकपा माओवादी केन्द्रका सह–संयोजक सन्देश बिहानी लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रममा सभानुपातिक उमेद्वारहरु नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठ, नेकपा एमालेकी बिना राई लगाएतको पनि उपस्थित रहेको थियो ।