सुनसरी क्षेत्र न.  १ ख अन्तर्गत बराह ५  कालाबन्जर स्थित नेपाली काङ्ग्रेस को पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस साबिक  भरौल गाउँ इकाइ समिती का सभापति जगत कार्की को सभाध्यक्षता मा  भएको कार्यक्रम को प्रमुख अतिथीमा सुनसरी क्षेत्र न १ प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठन्धन का उमेदवार अशोक कुमार राई थिए । राई संघिय समाजबादी फोरमका  वरिष्ठ नेता हुन ।

त्यसै गरि  विशिष्ट अतिथिमा  प्रदेश सभा १ ख का उमेदवार   बुद्धि  बहादुर कट्वाल थिए । अतिथि हरुमा नेपाल  विद्यार्थी संघ महामन्त्री सरोज थापा , महाधिवेशन प्रतीनिधि रतन राई , जिल्ला सदस्य गणेश बस्नेत , प्रदेश सभा ख प्रचारप्रसार समिती संयोजक राजदिप लामा थिए । कार्यक्रम मा मन्तब्य राखदै लामा ले पार्टीका समर्थक हरुमा मतदाता शिक्षा को कमि भएको हुदा पार्टीले मतदाता प्रशिक्षण कार्यक्रम संचालन गर्ने प्रतिबद्धता  ब्यक्त गरे । साथै प्रतिनिधि सभा र प्रदेश सभा का लागि दिनु पर्ने  प्रत्यक्ष तथा समानुपातिक मत का बारेमा प्रष्ट पारेका थिए त्यसै गरि प्रदेश सभा ख का उमेदवार बुद्धि बहादुर कट्वालले आफू २०५४ साल को स्थानिय निर्वाचन मा भरौल गाउँ बिकास को अध्यक्ष मा चुनाव लड्दा पार्टी संगठनको अवस्था अत्यन्तै कम्जोर रहेकाले हार ब्यहोर्नु परेको बताए  । अहिले को अवस्था भनेको पार्टी संगठन मजबुत रहेको साथै यसै ठाँउ बाट  २ पटक  चुनाव जितेर जादा पनि बिकास का नाम मा सिन्को  नभाचेका एमाले का उमेदवार   भिम आचार्य यसै ठाउँ बाट उठनु , फोरम लोकतान्त्रिक संग पार्टी एकता हुनु र  संघीय समाजबादी फोरम सङ को तालमेल हुनु  यिनै जित को आधार रहेको कट्वालले  बताए । त्यसै गरि कार्यक्रममा संघीय समाजबादी फोरम तथा नेपाली काङ्ग्रेसका   विभिन्न तह तप्का का नेताहरूले मन्तब्य राखेका थिए । बराह ५  कालाबन्जर को कार्यक्रम समाप्त भए पछि   नडाह र बाङ्गेमा पनि पार्टी कार्यलय उदघाटन को कार्यक्रम रहेको कार्यक्रम संचालक जित बहादुर कार्की ले बताए ।