इलाम/राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष खड्गप्रसाद पालुङ्वा (के.पी)ले बाम र लोकतान्त्रिक ध्रुविकरणले लोकतन्त्र सिध्याउने काम भएको बताएका छन् । आइतबार इलाममा पत्रकार सम्मेलन गरि अध्यक्ष पालुङ्वाले देशमा दुई ध्रुविकरणको मात्र बढी चर्चा भएपनि संवैधानिक राजतन्त्र र पुँजीबादी शक्तिले देशको पहिचान धरापमा पारेको उनको भनाई छ । बाम, लोकतान्त्रिक र संवैधानिक राजतन्त्रबादी शक्ति मात्र नभई देशमा आफ्नो पहिचानबादी शक्ति समेत रहेको चर्चा गर्दै अध्यक्ष पालुङ्वाले आफुहरुले सबै जाती, धर्म र क्षेत्रलाई समेटेको बताए ।

आफुहरु बाम र प्रजातान्त्रिक विचार भन्दा अलग रहेको बताउँदै अध्यक्ष पालुङ्वाले आफ्नो छुट्टै शक्ति रहेको बताए । नेपालमा सबैभन्दा पहिला सङ्घीयताको वकालत गर्ने पार्टी जनमुक्ति नै रहेको उनले दाबी गरे । संवैधानिक राजतन्त्र भएका समयमा देशलाई सङ्घीय ढाँचामा लैजान आग्रह गर्ने पार्टी, सबैभन्दा पहिला, बच्चा, युवा र बृद्धलाई बृद्धभत्ताको नारा बोकेको पार्टी रहेको उनको भनाई छ । सो पार्टीले मुलुकका सबै क्षेत्रबाट उम्मेद्धारी मनोनयन दर्ता गराएको बताउँदै उनले जनताले आफुहरुलाई विश्वास गरेको र भोट समेत दिएर जिताउने बताए । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका इलाम क्षेत्र नम्वर दुईबाट उनले मनोनयन दर्ता गराएका छन् ।

कार्तिक ११ गते इलामको माङ्सेबुङबाट पार्टीको घोषणापत्र सार्वजनिक गरेको पार्टीले प्रदेशसभा निर्वाचनका लागि इलाम क्षेत्र नम्वर दुईको एकबाट भक्तिदास राई र दुईकै दुईबाट जयकुमार केरुङले उम्मेद्धारी मनोनयन गर्दा गराएका छन् । सो पार्टीको घोषणापत्रमा सडक सञ्जालदेखि केबलकार, धर्म र पहिचानको मुद्दालाई प्राथमिकताका साथ उठाइएको छ ।

बाम गठबन्धनलाई साथ दिन प्राध्यापक संगठनको ऐक्यबद्धता बाम गठबन्धलाई साथ दिँदै दुवै पार्टीका प्राध्यापक संगठनले ऐक्यबद्धता जनाएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच गत २०७४ असोज १७ गते भएको गठबन्धनसँगै आफुहरुको समर्थन रहेको आइतबार इलाममा संयुक्त बक्तब्य जारी गर्दै सार्वजनिक गरिएको छ । दुवै बामशक्तिहरुमा विश्वास राख्ने बाम बुद्धिजिवीहरुको वैचारिक संगठनहरु नेपाल प्रगतिशील प्राध्यापक संगठन, मरव

क्याम्पस इकाइ समिति र नेपाल राष्ट्रिय प्राध्यापक संगठन संगठन, मरव क्याम्पस इकाइले बक्तब्य जारी गरेको हो । ‘सकरात्मक सन्देश प्रवाह होस भन्ने सुभेच्क्षा सहित दुई वैचारिक संगठनका तर्फबाट संयुक्त वक्तव्य प्रेसित गर्दछौं ।’ वक्तव्यमा उल्लेख छ । नेपाल रष्ट्रिय प्राध्यापक संगठन मरब क्याम्पसका अध्यक्ष श्यामप्रसाद फूएल र नेपाल प्रगतिशिल प्राध्यापक संगठन मरब क्याम्पसका अध्यक्ष कुमार सुवेदीद्धारा हस्ताक्षरित विज्ञप्तिमा २१ गते हुने चुनावमा बाम गठबन्धनका उम्मेद्धारलाई जिताउन पहल गरिने उल्लेख गरिएको छ ।