विराटनगर/ क्वलिटी केमिकल .प्रा. लि. ले घोषणा गरेको बम्पर योजना सार्वजानिक गरेको छ । प्रा.लि. ले विराटनगरमा एक कार्यक्रम आयोजना बम्पर योजना सार्वजानिक गरेको हो । क्वालिटी ब्राण्डका आफ्ना उत्पादनको सरफ र भाँडा माझने साबुनको बिक्री बितरणमा लागु गरेको ०७३ सालको बम्पर योजना शनिबार सार्वजनिक गरेको थियो ।
मुलुक भरका करिब १ सय ५० वटा थोक बिक्रेताहरुको उपस्थितीमा थोक र खुद्रा बिक्रेता तथा ग्राहकहरु पुरस्कृत भएका छन् । बम्पर योजना अन्र्तगत पहिलो पुरस्कार एक जनालाई १ सय २५ सि.सि.को मोटरसाईकल, दोस्रो हुने दुईजनालाई थाईल्याण्ड भ्रमण र तेस्रो हुने तीन जनालाई ल्यापटप परेको छ । यसैगरी चौथो हुने चारजनालाई वासिङ मेसिन परेको छ भने पाँचौ पुरस्कार पर्ने १ सय जनालाई ल्यापटप ब्याग वा ट्रयाकसुट परेको बताइएको छ ।
क्वालिटी द्धारा आफ्ना उत्पादन लुगाधुने डिटरजेन्ट पाउडर र भाँडा माझ्ने साबुनमा उक्त योजना लागु गरेको प्रा.लि.ले जनाएको छ । कार्यक्रममा केमका अध्यक्ष घनश्याम काबराले आधुनिक प्रबिधि र गुणस्तरीय आफ्ना उत्पादनले चाँडै ग्राहको मन जित्न सफल भएकोमा खुसी ब्यक्त गरे । उनका अनुसार बजारमा बिभिन्न प्रकारका उत्पादन भएपनी क्वालिटीको गुणस्तरकै कारण चाँडै सबैको मन जित्न सफल भएको उनले दाबी गरे ।