सोलुखुम्बु/ सोलुखुम्बुको खुम्बु पासाङ–ल्हामु गाउँपालिका–४ स्थित क्याम्प दुईमा प्यारासुटबाट हाम फाल्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा पासपोर्ट नम्बर ७५१२२९६७८ भएका ५३ बर्षिय भारेली रोभोज नाम गरका पुरुष रहेका छन् । रोभोज रसियन नागरिक हुन् । उनको शव पोष्ट मार्टमकोलागी आइतबार काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ । कार्तिक १० गते थामसेरको ट्रेकिङ प्राणाली काठमाण्डौ मार्फत आमडब्लम हिमाल आरोहण गर्न उनीसहित १७ जनाको टोली तारा एयर द्धारा काठमाण्डौ बाट लुक्ला आएका थिए ।