सुनसरी । चुनाव विथोल्दै आएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तिन कार्यकर्तालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभा चुनावको मिति नजिकिदै गर्दा हुन सक्ने सम्भावित घट्नालाई मध्यनजर गदै इटहरी प्रहरीले तिन अगुवा कार्यकर्तालाई पक्राउ गरेको हो । अन्य कार्यकर्ताहरुलाई समेत प्रहरी निगरानी बढाएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पार्टीको केन्द्रिय जलस्रोत्र तथा उर्जा विभाग सदस्य इटहरीका ५ का ५६ वर्षिय रामप्रसाद राई, युवा सुनसरी अध्यक्ष र पार्टीको सुनसरी जिल्ला सदस्य इटहरी ९ का ४० वर्षिय रोषण ढकाल र पार्टीको सुनसरी जिल्ला सदस्य तथा इनरुवा नगरपालीका नगर सचिव इटहरी ९ कै लक्ष्मण कार्कीलाई पक्रउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले वताए । उनले भने उनीहरुलाई सार्वजनिक ऐन अन्तरगत मुद्धा दायर गरेका छौ । अबैध गतिविधि गरी निर्वाचन भाड्न खोज्नेहरुलाई कार्वार्हीको दायरामा ल्याउँने डिएसपी राउतको भनाई थियो । निर्वाचनको मुखमा निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई पक्रउ गरीएको भन्दै अन्य त्यस्ता गतिविधि गर्ने कार्यकर्ताहरुलाई समेत प्रहरीले खोजी गरीरहेको वताए । निर्वाचन भयरहित वनाउँन आफुहरु सक्रियताका साथ शान्तीसुरक्षा दिन लागेको उनको भनाई थियो । प्रहरीले अहिले गतिविधिलाई समेत बढाएको प्रहरीको भनाई छ । पछिल्लो समयमा चुनाव भाड्न विप्लप कार्यकर्ताहरु सक्रिय रहेको भन्दै प्रहरीले खोजी कार्यलाई तिब्र वनाएको जनाएको छ । विप्लप कार्यकर्ताहरुलाई गृहमन्त्रालयले तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ । निर्वाचन विथोल्ने उद्देश्यले उच्छृखल र आपराधिक गतिबिध बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरे अनुसार प्रहरीले खोजी कार्य गरीरहेको प्रदेश नम्वर एकका प्रहरी प्रवक्ता शिब पोखरेलले वताए । सबै जिल्ला तथा इलाका प्रहरी कार्यलयहरुमा चुनावी सुरक्षा कडा गर्ने निर्देशन भएको वताए । चुनावी गतिविधिलाई विरोध गर्ने खालका कार्य गर्नेलाई कसैलाई नछोडिने प्रहरीले जनाएको छ । पछिल्लो समयमा पूर्वी नेपालमा विप्लप नेतृत्वको पार्टीको गतिविधि ख्याल गर्ने प्रहरीलाई निर्देशन आएको एक प्रहरीले अधिकृतले भने । चुनावलाई शान्ती पूर्ण रुपमा सम्पन्न गर्ने प्रहरीले अबैध गतिविधि गर्नेहरुको खोजी समेत गरीरहेको उनको भनाई थियो । पछिल्लो समयमा सुनसरी तथा पहाडी क्षेत्रहरुमा विप्लप नेतृत्वको गतिविधि बढेको प्रहरीको ठम्याई छ ।
झापा जिल्ला सेक्रेटरी सहित नेकपाका चार कार्यकर्ता पक्राउ नेक्रविक्रम चन्द (विप्लव समूह) मा आवद्ध नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चुनावी विरोधी गतिविधिलाई तिव्रता दिएसँगै झापा प्रहरीले जिल्ला सेक्रेटरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झापा जिल्ला सेक्रेटरी दीपक गुरुङ, मेची अञ्चल व्यूरो सदस्य दर्शन भन्ने दीपक लताङग्री, सांस्कृतिक मेची व्युरो संयोजक इसलाम भन्ने नवल गजमेर र किसान भाृत संगठनका झापा क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक खोम मिश्र रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । क्षेत्रीय संयोजक मिश्रलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले आइतबार विहान मेचीनगरबाट पक्राउ गरेको छ भने, जिल्ला सेक्रेटरी गुरुङसहित तीन जनालाई बिर्तामोडबाट शुक्रवार पक्राउ गरिएको झापाका एसपी विष्णुकुमार केसीले जनाकारी दिए । उनीहरुलाई झापा अदालतबाट म्याद थप गरी आवश्यक अनुसंन्धानका लागि हिरासतमा राखिएको एसपी केसीले बताए । पछिल्लो समयमा देशका विभिन्न जिल्लामा चुनाव विरोधी गतिविधिमा उत्रिएका विप्लव समूहका कार्यकर्ताले उम्मेदवार माथि आक्रमण गर्ने थालेपछि उनीहरुलाई पक्राउ गरिएको केसीले बताए ।