विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका – २ सखमाका रीता ऋिषिदेवलाई आफ्नो बस्तीमा बिजुली आएको देख्ने रहर छ । उमेर ढल्किसके पनि गाउँमा विकास होस् भन्ने चाहेका छन् । त्यसैले उनी भाषणमा होइन । काम गर्ने उम्मेदवारलाई भोट दिन चाहन्छिन् । ‘जिल्लाका सबै बस्तीमा यातायातको सुविधा पुग्दा यहाँ अहिलेसम्म सडक निर्माणको काम अधुरो छ,’ ऋिषिदेव उत्थान समाजले मोरङको ६ नम्बर क्षेत्रबाट प्रतिनिधी र प्रदेश सभाको उम्मेदवारलाई एकै थलोमा भेला पारी आयोजना गरेको कार्यक्रममा उनले भनिन, ‘गाउँमा अझै बिजुली पुगेको छैन । टुकीको साहारामा रात काटुपर्ने हाम्रो बाध्यता छ । उनी भन्छिन्, ‘यसपालिको चुनावमा विकास गर्ने पार्टीका उम्मेदवारलाई जिताउन चाहन्छौं ।’ करिब २५ घर परिवार ऋषिदेव सामुदाय सखमा बस्तीमा छन् । यहाँ झन्डै ३ सय जनसंख्या छ । कार्यक्रममा उपस्थीति भएका दिपक ऋषिदेवले भने, ‘भोट दिएर जिताउनुहोस् बाटो ल्याइदिन्छु, बिजुली ल्याइदिन्छु र खानेपानी योजना पारिदिन्छु,’ उम्मेदवारको आश्वासन यस्तै छ, उनले भन,े ‘जितेपछि कामै गर्दैनन् ।’ यहाँ मोटर र बिजुली केही छैन । गाउँको विकास गरिदिन्छौं भनेर नेताले भाषण मात्रै गरेको उनले सुनाइन् । ‘यसपालिको चुनावमा गाउँको विकास गर्नेलाई मात्रै भोट दिने उनले बताए । भन्छन् ‘हामीलाई पनि मोटर चढने रहर छ, बिजुली बत्ती बाल्ने चाहना छ ।’ सहभागि ऋषिदेव सामुदायको भनाई सुनपछि बामगठबन्धनतर्पबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधी सभाका उम्मेदवार लालबाबु पण्डितले गरिव जनताको समस्या बुझने पार्टी कम्युनिष्ट पार्टी भएको बताए । उनले यस पटकको प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनलाई बहुमतले बिजयी गराएर बहुमतको स्थायी सरकार बनाउने बताए । उनले गठबन्धनको स्थायी सरकार बनेपछि सिंचाई, कृषि क्षेत्रको विकास, शिक्षा तथा हुलाकी राजमार्ग र पर्यटनको विकासमा महत्वपूर्ण फड्को मार्ने बताए । त्यस्तै सोही निर्वाचन क्षेत्रका काँग्रेसबाट प्रतिनिधी सभाका उम्मेदवार डा. शेखर कोइरालाले विकास लहर काँग्रेस पार्टीले मात्र ल्याउने बताए । ‘अघिल्लो पटको निर्वाचनमा तपाइहरुले मलाई जिताउनुभयो,’ उनले भने, ‘त्यस बेला संसद विकास कोषबाट यस क्षेत्रको विकास निमार्ण गरेको छु ।’ उनले भने, ‘तपाइहरुको समस्या मैले बुझेको छु । उनले पुन जिताउन आग्रह गरे ।