धरान/झापाका युवा व्यवसायीले सडक बालबालिकाहरुलाई शनिबार जाडोको लागि न्यानो कपडा वितरण गरेका छन् । donete-Tracsut-dharan युवा व्यवसायी सन्तोष थोप्राले झापाको काकडभित्तादेखि धरानसम्मका ७२ ज्ना सडक बालबालिकाहरुलाई ट्रयाकसुट प्रदान गरेका हुन् । उनको आफ्नो संस्था हुम्यानिटिजमार्फत् वितरण गरिएको छ । धरानमा २१ जना, इटहरीमा ११, गछियामा २, विराटचौकमा १३, उर्लाबारीमा ९ जना, झापामा २४ जना सडक बालबालिकाहरुलाई ट्रयाकसुट वितरण गरेको हो । यात्राका क्रममा सडक बालबालिकाहरुको दयनीय अवस्था देखेपछि उनले ट्याकसुट वितरण गर्ने योजना बनाएको बताए । उनका अनुसार विगत ५ वर्षयतादेखि ह्युमानिटिजमार्फत् असहाय, अपाङ्ग तथा सडक बालबालिकासँगै वैदेशिक रोजगारीमा फसेका युवाहरुलाई पनि सहयोग गरिरहेको छु । यसका लागि उनले आफ्नो कमाईबाट ८ हजार रुपैया छुट्टयाउने गरेको बताएका छन् ।