भद्रपुर । झापाको बनियानीमा कुटपिट हुदाँ एक युवक गम्भिर घाइते भएका छन् । कचनकवल गाउँपालिका ६ स्थित बनियानी बजारमा शनिवार दिउँसो भएको कुटपटिमा परी सोही ठाँउ बस्ने अन्दाजी २५ बर्षिय सुरज मास्के घाइते भएको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट गम्भिर घाइते भएको मास्केको बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । पुरानो व्यक्तिगत रिसिबीका कारण केही युवा समूहलाई मास्के माथि आक्रमण गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा संम्लग्न तीन जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । पक्राउ पर्ने भद्रपुर नगरपालिका ४ बस्ने ४२ बर्षिय पुरण सुब्बा, २० बर्षिय रामजित लिम्बु र बर्ष २६ को प्रेम लिम्बु रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान खुुकुरी फेला पारेको छ । मोटरसाइकलसहित पक्राउ गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बनियानीमा राखिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।