दमक । झापाको दमक चोकस्थित त्रिवेणी गेस्ट हाउसका व्यवस्थापकको मृत्युबारे अनुसन्धानमा कुकुरसहितको टोली परिचालित भएको छ। इलाका प्रहरी कार्यालयलय दमकले एक नम्बर प्रदेश प्रहरी कार्यालयको समन्यवमा तालिमप्राप्त कुकुरहरु ल्याई अनुसन्धान सुरु गरेको प्रहरी इन्सपेक्टर मिलन बस्नेतले जानकारी दिए। सोही गेस्ट हाउसका व्यवस्थापक १९ वर्षीय राजेश मल्लिकको शव शनिबार राति कोठामा रक्ताम्मे अवस्थामा फेला परेको थियो। उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ। मृतक मल्लिक दमकस्थित हिमालय माविमा कक्षा १२ मा अध्ययन रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बस्नेतले जनाएका छन्।