धनकुटा/ धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा शनिवार बिहान फेला परेको बेवारीसे शजको बिषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सडक सफाइ गर्ने क्रममा कर्मचारीले सो सव देखेपछि प्रहरीलाृइ खबर गरेका थिए । नजिकै रगत लतपतीएको र घोप्टो परेको अवस्थामा करिब ३०, ३५ बर्षकी महिलाको शव भेटिएको हो ।
शवको प्रकृती हेर्दा कसैले हत्या गरी फालेको हुन सक्ने स्थानीयहरूले अनुमान लगाएका छन । अहिले नै केही भन्न मिल्दैन अनुसन्धान जारी छ धनकुटा प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताए ।
पूर्वेलीन्यूजबाट