नबिल बैंक (NABIL) चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आईपुग्दा १५ अर्ब रुपैयाँको बनेको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याएको बैंकको जगेडा कोषमा ६ अर्ब ९० करोड रुपैयाँ सञ्चित छ । बोनसबाट पूँजी बढाउँदै गएको बैंकले पनि प्रतिसेयर आम्दानी सन्तुलन गर्न सकेको छैन । बरु पूँजी बजारले उसको मूल्य आम्दानी अनुपातलाई सन्तुलन गरिदिएको छ । बैंकले ८ अर्ब ४ करोड रुपैयाँको पूँजी बनाएको छ । निक्षेप संकलनमा कुनै सुधार नगरेको बैंकले कर्जा परिचालनको आकार केही बढाएको छ । व्याज आम्दानीको आकार एक अबर् ७२ करोडबाट दुर्इ अर्ब ५० करोडमा बढाएको बैंकको व्याज खर्चको आकार धेरै बढेको छ । जसका कारण खुद व्याज आम्दानीको आकार केही मात्रामा बढेको देखिन्छ । सञ्चालन मुनाफाको आकार केही बढाएको बैंकको खुद नाफा ८९ करोड ८३ लाख ६५ हजार रुपैयाँबाट ८५ करोड १४ लाख ६ हजार रुपैयाँ पुगेको छ । बैंकको पूँजी वृद्धिको अनुपातमा कमाई बढ्न नसकेका कारण प्रतिसेयर आम्दानीमा संकुचन देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५० रुपैंया ६७ पैसा रहेको प्रतिसेयर आम्दानी यस पटक ४१ रुपैयाँ १० पैसामा झरेको छ । बैंकको प्रतिसेयर आम्दानीमा सन्तुलन नभए पछि पूँजी बजारमा बैंकको सेयर मूल्यमा गिरावट आएको देखिन्छ । जसले गर्दा बैंकको मूल्य आम्दानी अनुपात सन्तुलित अवस्थामा रहेको देखिन्छ । गत आर्थिक वर्षको यसै अवधिमा ३४.९३ गुणा बढी रहेको बैंकको मूल्य आम्दानी अनुपात अहिले ३१.३२ गुणाले बढी छ । अरु कम्पनीहरुको मूल्य आम्दानी अनुपात बढिरहेको अवस्थामा नबिलको सन्तुलित अवस्थामा रहनुलाई सकरात्मक मान्नु पर्छ । तर कमाईको आकारमा बढाउन कम्मर नकसेको खण्डमा बैंकलाई आगामी दिनमा अझै चुनौती थपिने देखिन्छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि २०० रुपैयाँबाट घटेर १८६ रुपैयाँ कायम भएको छ । बैंकको निष्कृय कर्जा अनुपात १.०९ बाट बढेर १.११ प्रतिशत कायम भएको छ ।

मेराेलागानी