काठमाडौं/धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरीङ, धितोपत्र दलाल व्यवसायी र मर्चेन्ट बैंकरलार्इ नियम परिपालना प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। बोर्डले मंगलबार निर्देशन जारि गर्दै लेखापरिक्षकबाट प्रमाणित गरि प्रतिवेदन पेशन गर्न भनेको हो।
धितोपत्र बजारको विकास र बिस्तारमा नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ साथै अन्य धितोपत्र व्यवसायीको महत्वपूर्ण भूमिका रहने भन्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन र त्यसअन्तर्गत बनेका नियम विनियम र निर्देशनहरुमा रहेर कामकारवाही गर्न निर्देशन दिएको हो।
बिजमाण्डू