विराटनगर/मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको लागि मोरङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना गरी मोरङको ६ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोे हो । कार्यालयको उद्घाटन जिल्ला अदालतका मुख्य न्यायधिस तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले गरे ।
निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले कार्तिक १६ गते उम्मेदवारी दर्ता गर्नेछन् । क्षेत्रिय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलका अनुसार मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ६ को कार्यालय विराटनगरको वीरेन्द्र सभा गृहलाई तोकेको छ । त्यस्तै निर्वाचन अधिकृत प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय विराटनगर ७ मा रहेको जनता आवास परियोजना, क्षेत्र नम्बर २ को विराटनगरमा रहेको शैक्षि तालिमकेन्द्र, निर्वाचन क्षेत्र नम्बर ३ को डिभिजन सडक कार्यालय, निर्वाचन क्षेत्र नम्बर ४ को जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय र निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरमा स्थापना गरिएको छ ।
निर्वाचन आयोगले यस अघि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिसकेको छ । मोरङको मुख्य निर्वाचन अधिकृतमा मोरङ जिल्ला अदालतका जिल्ला न्यायधीस राजुकुमार खतिवडा रहेका छन् । त्यस्तै १ नम्बर निर्वाचन क्षेत्रमा जीवन कुमार भण्डारी, २ नम्बर निर्वाचन क्षेत्रमा टंकबहादुर महत, ३ नम्बर निर्वाचन क्षेत्रमा बिकास श्रेष्ठ, ४ नम्बर निर्वाचन क्षेत्रमा इश्वरमणि ओझा, ५ नम्बर निर्वाचन क्षेत्रमा कृष्णमोहन कोइराला र ६ नम्बर निर्वाचन क्षेत्रमा राजुकुमार खतिवडालाई तोकेको छ । मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा देशकै सबैभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८३ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । सभागृहमा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ।