काठमाडौं/ सेयर बजार बिहीबार बन्द भएको छ । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएका कारण बिहीबार सेयर बजार पनि बन्द भएको हो । अब सेयर कारोबार आइतबार ९१२ गते० मात्र खुल्नेछ । बुधबार नेप्से सुचक १३.९२ अंकले तल झरेर १५५३.७२ विन्दुमा आएर बन्द भएको थियो ।
छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो र भोलीपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइन्छ । यो पर्व तराई मधेसमा धुमधामका साथ मनाइन्छ ।