रत्ननगर/ यहाँका एक व्यवसायीको गाडीमा आगजनी भएको छ ।
गए राति एक्कासि गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–१२ का बासिन्दा जग्गा व्यवसायी मनोज श्रेष्ठको बा १८ च ५४९ नंको गाडीमा आगजनी भएको हो । आगाले गाडीको अधिकांश भाग जलेको छ ।
घटना कसले गराएको हो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको थापाले जानकारी दिनुभयो । गाडीको ट्यांकीबाट आगो सल्किएको पाइएको उहाँको भनाइ छ । रिक्सा चालकले आगो लागेको देखेपछि घटना थाहा भएको हो ।