भक्तपुर/ मध्यपुरथिमिमा एउटा कोठामा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
सिन्धुपाल्चोक घर भई मध्यपुरथिमि नगरपालिका–६ भिमसेनस्थानस्थित एकघरमा भाडामा बस्दै आएका विदुर आले आगलागीमा परेर गम्भीर घाइते भएको र उनको उपचार कीर्तिपुरस्थित वर्न सेन्टरमा भइरहेको महानगरीय प्रहरी वृत ठिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
आगलागीबाट कोठामा रहेको सम्पूर्ण सामान क्षति भएको छ । के कारणले आगलागी भयो र कति रकम बराबरको क्षति भयो भन्ने तथ्यांक आउन बाँकी रहेको प्रनाउ महर्जनले बताए ।
घटनाको बारेमा प्रहरीले आजैबाट अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए ।