लहान/ सिरहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको वीभत्स तरिकाले हत्या गरि घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।

गत कात्तिक ३ गते घरैबाट बालक हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार साँझ ७ बजेतिर बालकको टाउकोदेखि तलको भाग र आज बिहान टाउको फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

बालकको कसले र किन हत्या गरिएको हो रु त्यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।