भद्रपुर । दोस्रो जनआन्दोलनका सहिद स्व. सुरज विश्वासका पिता शान्ति विश्वासको उपचारको क्रममा आइतबार निधन भएको छ । झापा भद्रपुर नगरपालिका ६ निवासी सहिद पिता शान्ति विश्वासको धरानस्थित बिपि मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)मा उपचारको क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । केही महिनादेखि मुटु रोगले थला परेका सहिद पिता विश्वासको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनका परिवारले शनिवार बेलुका उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड लगेका थिए । उपचार सम्भव नभएपछि थप उपचार लागि शनिवार राती नै घोपा रेफर गरिएको थियो । घोपामा आइसीयू कक्ष खाली नभएका कारण उनको आकस्मिक कक्षमै आइतबार दिउँसो उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।