झापा । झापाको बुद्धशान्ति गाउँपालिका ७ बर्ने्स्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ। मे६प ९५०५ नंको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका ४ निवासी बमबहादुर बुढाथोकीको सात वर्षीय छोरा विशाल बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकलमा सवार चालक बुद्धशान्ति गाउँपालिका(७ निवासी २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकै श्रीमती २२ वर्षीया पूजा थापा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।