बैतडी/ बैतडीमा जिल्ला किशोरी सम्मेलन शुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सहयोगमा किशोरी सम्मेलन बुधवारदेखि शुरु भएको हो ।

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनले जिल्ला किशोरी सञ्जाल गठन गर्ने संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । बालविवाह न्यूनीकरणको अभियानलाई गति प्रदान गर्नका लागि सञ्जाल गठन गरिन लागेको उनले बताए । सञ्जालमा जिल्लाका विभिन्न ठाउँमा गठन गरिएका किशोरीको सहभागिता रहेकोछ ।

यस्तै सम्मेलनमा किशोरीवृत्त समूहले अहिलेसम्म बालविवाह न्यूनीकरणका लागि गरेका प्रयास, प्राप्त उपलब्धि र चुनौती तथा समस्याका बारेमा छलफल गरिएको छ । छलफलमा किशोरीले बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहँदा सुरक्षा चुनौतीसमेत रहेको आैँल्याएका छन् ।