धरान/प्रहरीले सुनसरीको धरान र बराह क्षेत्रका ५ जना युवाहरुलाई लागूऔषधसहित मंगलबार पक्राउ गरेको छ । मोरङ प्रहरीले चेकजाँचको क्रममा धरान–१३ का २८ वर्षीय रुपक राईलाई पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध लुपिजेसिक–७ एम्पुल, डाईजेल्याप–७ एम्पुल र एभिल–७ एम्पुल सहित इलाका प्रहरी कार्यालय निमुवा मोरङले पक्राउ गरेको हो । त्यस्तै कोशी गाउँपालिका–१ स्थित दसगजाबाट सशस्त्र प्रहरीको टोलीले को ४ प ९४६५ र ग २ प ९१७९ नम्बरको मोटरसाइकलमा सवार चार जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बराह नगरपालिका–८ का २३ बर्षिय कमल राई, २८ बर्षिय सुमन राई, २३ बर्षिय समन राई र भारत बेलाह–८ का १९ बर्षिय कुशेश्वरकुमार यादव रहेका छन् । उनीहरुको साथबाट डाइजेल्याप–५० एम्पुल, एभिल–५० एम्पुल र नर्फिन ४६ एम्पुल बरामद गरेको छ ।