भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहर हुने फैसला गरेको छ । भारतीय समाचार संस्था पिटिआइका अनुसार १८ वर्षभन्दा कम उमेरको श्रीमतीसँग शारीरिक सम्बन्ध राख्नु अपराध भएको र यसलाई बलात्कार मानिने सर्वोच्चले फैसला गरेको हो । अदालतका अनुसार नाबिलिग पत्नीले आफूसँग श्रीमानले शारीरिक सम्बन्ध राखेमा १ वर्षभित्र मुद्दा दायर गर्न सक्ने छन् । तर बलात्कारसम्बन्धी अहिले रहेको कानुन अनुसार श्रीमान श्रीमतीको सहमतिमा भएको शारीरिक सम्बन्धलाई अपराध मान्न नसकिने व्यवस्था छ । केन्द्र सरकारले भने दिल्ली हाइकोर्टमा वैवाहिक बलात्कारलाई अपराधको श्रेणीमा राख्न नहुने र यसले विवाह संस्था अस्थिर हुने तर्क राकेको थियो ।