रत्ननगर, चितवन/ चितवनको भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीका एक युवा आज मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २० वर्षीय शिशिर नेपाली आज घर नजिकैको सडक छेउमा मृत भेटिएका हुन् । उनी सोमबारदेखि हराइरहेका थिए । चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले उनको शवलाई शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा ल्याइएको जानकारी दिए । आइतबार बढी मादक पदार्थ सेवन गरेको पाइएपछि सोमबार परिवारको निगरानीमा उनलाई घरमा राखिएको थियो । त्यही बेला परिवारलाई छलेर उनी बेलुकादेखि घरबाट हराएको परिवारको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक आचार्यले जानकारी दिए । सडक छेउमा मृत भेटिएका उनको टाउको र कञ्चटमा चोटसमेत देखिएको आचार्यले जानकारी दिए ।