लिङ्गे पिङ खेल्ने क्रममा छुरा प्रहार
- असोज १७, २०७४
- ब्लाष्ट खबर
धरान/लिङ्गे पिङ खेल्ने क्रममा विवाद हुँदा एक समूहले मोरङको पथरीशनिश्चरेमा एक युवामाथि छुरा प्रहार गरेको छ ।
मोरङको पथरीशनिश्चरे–७ मा मदन थापा मगरलाई ३०–३५ जनाको समूहमा आएका युवाहरले छुरा प्रहार गरेको हो । उनलाई मंगलबार बिहानको राति करिव १२ बजेर १५ मिनेट जाँदा छुरा प्रहार गरेको स्थानीयलाई उदृत गर्दै पथरी प्रहरीले जनाएको छ । ती युवाहरु कहाँबाट आएका थिए भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट घाइते बनेका मगरलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको क्षेत्रीय प्रहरी कार्यालय मोरङको वेवसाइटमा उल्लेख छ ।
त्यस्तै मोरङकै बुढीगंगा गाउँपालिका–२ गंगा चौकका १९ बर्षिय राकेशकुमार झामाथि खुकुरी प्रहार भएको छ । उनी घाइते छन् । स्थानीय १८ वर्षीय सुमितकुमार झाले सामान्य विवादका क्रममा सोमबार साँझ ७ बजेतिर खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
घाइते राकेशको बिराट मेडीकल कलेजमा उपचार भइरहेको मा उपचार भइरहेको छ भने सुमितलाई इलाका प्रहरी कार्यालय निमुवाले पक्राउ गरेको छ ।