धरान/धरान–१५ स्थित नेपाल तामाङ घेदुङ इकाई कार्य समितिले एकदिने निःशुल्क आँखा तथा कानको शिविर गरेको छ । शिविरमा २२५ जना आँखाको समस्या लिएर आइपुगेका थिए । जसमध्ये २५ जनामा मोतीयविन्दुको समस्या देखा परेको थियो । उनीहरुलाई विराटनगर आँखा अस्पतालले निःशुल्क सल्यक्रिया गरिदिने भएको कार्यक्रम संयोजक टंक योञ्जनले बताए । त्यस्तै कानको समस्या लिएर ६५ जना शिविरमा उपस्थित भएका थिए ।