धरान/ईलाका प्रहरी कार्यालय रानी विराटनगरले ८४ हजार ६ सय रुपैया बराबरको भन्सार छलेको सामान बरामद गरेको छ । आइतबार विहान भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी छिपाई ल्याउदै गरेको अवस्थामा खाद्यान्न, रेडिमेड कपडा, भाडा–वर्तन लगायतका सामानहरु बरामद गरेको हो । बरामद सामान आवश्यक अनुसन्धान पश्चात आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । यस्तै घरेलु मदिरा नियन्त्रण अभियान अन्र्तगत शनिबार साँझ होटल, भट्टी पसल चेकजाँच गर्नेक्रममा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । साविक बिराटनगर १८ हाल बिराटनगर १४ स्थित पारिजात टोल र महतो टोलबाट अन्दाजी ५ सय लिटर घरेलु मदिरा, अन्दाजी ७ हजार ५ सय लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा मदिरा बनाउन प्रयोग भएका ९० थान भाडावर्तन बरामद गरी नष्ट गरेको छ ।