धरान/असोज २ गते सम्पन्न तेस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रममा छ । अव ११ वटा स्थानीय तहको मात्रै मतपरिणाम आउन बाँकी छ । हालसम्मको नजिता अनुसार नेपाली कांग्रेस नै अग्रस्थानमा छ । हालसम्म आएको १२५ तहको मतपरिणाम अनुसार कांग्रेस ३७ स्थानमा विजयी हासिल गरेको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले १६ तहमा मात्रै विजयी बनेको छ । दुई नम्बर प्रदेशको निर्वाचनबाट दोस्रो नम्बरमा को आउने भन्नेमा संघीय समाजवादी फोरम र राजपाको रस्साकस्सी रहेको छ । उनीहरुले हालसम्म २३–२३ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै राजपा नेपाल २२ स्थानमा, नेकपा माओवादी केन्द्र २०, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन् ।