विजयपुर/विकास निर्माण,पर्यटन र लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राखेर धरान उपमहानगर सरकारको आर्थिक बर्ष २०७४÷०७५ को बजेट शनिबार नगर सभामा पेश भएको छ ।

नगर सभाका अध्यक्ष तारा सुब्बाले चालु आर्थिक बर्षकालागि कुल १ अर्ब ५५ करोड,१४ लाख ५ हजारको अनुमानित बजेट नगर सभामा पेश गरेका हुन् ।सभामा पेस भएको बजेटमा धरानको पर्यटन,खेलकुद र सांकृतिक क्षेत्रको बिकासकालागि जोड दिएको छ ।बजेटले धरानका २० वटै वडाका लागि १० करोड रुपैया बजेट छुट्टयाएको छ ।

सभामा प्रस्तुत गरिएको बजेटमा आर्थिक बर्ष २०७४÷०७५ का लागि धरानको पर्यटन क्षेत्रको बिकासका लागि १ करोड रुपैया बजेट छुट्टयाइएको छ भने धरानको खेलकुदको बिकासकालागि १ करोड १० लाख रुपैया बजेट बिनियोजन गरिएको छ ।धरानको बिकासका ठुला योजनाहरुकालागि १२ करोड रुपैया बिनियोजन गरिएको छ भने वडा कार्यलायहरुको प्रशासनिक तथा पुजीगत खर्चका लागि १० करोड रुपैया विनियोजन गरिएको छ ।

एकीकृत शहरी विकास आयोजना अन्र्तगत खानेपानी आयोजनाका लागि सबैभन्दा बढि ५० करोड विनियोजन गरिएको छ । मेयरको आकष्मिक कोषका लागि १ करोड ३० लाख रुपैया छुट्टयाएको छ । नगरसभामा बजेटको अनुशुची आइतबार प्रस्तुत हुने भएको छ । सभामा शनिबार नै आर्थिक ऐन २०७४ र विनियोजन ऐन,२०७४ पनि पेस भएको छ ।

सभा आइतबार ११ बजे सम्मका लागि स्थगन भएको छ । आइतबार बस्ने सभाले बजेटमा छलफल गरि पास गर्ने छ भने शनिबार पेस भएका ऐनहरुपनि दफावार छलफल गरि पारित गर्ने विश्वास लिइएको नगर सभाका प्रबक्ता मणिराम राईले जानकारी दिए । यसैबिच शुक्रबार प्रस्तुत भएको निती तथा कार्यक्रम शनिबारको सभामा बहुमतले पास भएको छ ।सभाले आर्थिक बर्ष २०७४÷०७५को निती तथा कार्यक्रम संसोधन सहित पारित गरेको हो ।

धरान उपमहानगर सरकारका प्रमुख तारा सुब्बाले शुक्रबार पेस गर्नु भएको निति तथा कार्यक्रममा २० जना नगर सभा सदस्यले आ आफ्नो धारण राखेका थिए । नगर सभा सदस्य साबित्रा परियारले धरानलाई दलित मैत्री नगर बनाउने बिषय छुटेकाले निती तथा कार्यक्रममा समाबेस गर्न आग्रह गरेकी थिइन ।

सभामा उठेका सवालहरुको बारेमा बोल्दै नगर प्रमुख तारा सुब्बाले नगर सभा सदस्यहरु निती तथा कार्यक्रमका बिषयमा उठाएका सवालहरु सान्दर्भिक भएको बताए । आफ्नो धारण राख्ने क्रममा मेयर सुब्बाले धरानको बिकासलाइ आत्मा मानेर नगर सभा सदस्यहरुले उठाउनु भएको बिषयहरु सान्धर्बिक र जायज भएको बताए ।नगर प्रमुख सुब्बाको धारण पछि सभाध्यक्ष तथा धरान उपमहानगरपालिकाकी उप्र प्रमुख मञ्जु भण्डारीले निती तथा कार्यक्रम पारित गर्ने पारित गर्ने प्रस्ताब सभामा पेश गरेकी थिइन ।

निती तथा कार्यक्रम बहुमतका साथ पारित भएको नगर सभाका प्रबक्ता मणिराम राईले जानकारी दिए ।