इटहरी / इटहरी बजार बीचमा रहेको ट्ङ्ग्राहा खोलामा सिटी ¥याफ्टीङ शूरु गरिएको छ । टेंग्रा खोलामा पहिलो पटक सिटी र्याफ्टिङ शुरु भएको हो ।

इटहरी–४ नम्वर वार्डले खोलामा व्यवशायिक सिटी र्याफ्टिङ संचालनको परिक्षण अध्ययनको लागी र्याफ्टिङ संचालन गरेकोे हो । सेवा प्रदायक सुरेश बस्नेतले इटहरीमा सिटी र्याफ्टीङको सम्भावना देखिएको जनाएका छन् । उनका अनुसा सिटी र्याफ्टिङ एक फिट गहिरो पानी र चार मिटरको चौडाइ भएको खोलामा गर्न सकिन्छ । इटहरी– ४ का वडाअध्यक्ष चन्द्र भट्टराईले टेंग्रामा र्याफ्टिङ र बोटिङ गरेर पर्यटकिय हब बनाउन आफू लागि पर्ने बताए ।

इटहरीको टेंग्रामा बोटिङ र र्याफ्टिङ बारे अध्ययन गर्न वडा सदस्य डिबी राई संयाजक रहेको पाँच सदस्य समिति बनाएको छ । समितिमा पत्रकार विराट अनुपम, पर्यटन पत्रकार शेखर ढकाल र स्थानिय अगुवा युवाहरु होमनाथ धमला र सुनील कार्की रहेका छन् । समितिले चाँडै रिभर गाँइड, बातावरण इन्जिनियर र अन्य पर्यटनकर्मिसँग छलफल गरेर प्रतिवेदन बुझाउने बताइएको छ ।

प्रतिवेदन र डिपीआर पुरा भएपछि इटहरीमा व्यवशायीक सिटी र्याफ्टिङ संचालन हुने सम्भावना बढेको छ ।