इटहरी /जनकल्याणकारी बहुदेश्यीय सहकारी संस्था र सानिमा बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा शनिबार सम्पन्न भएका छन् । जनकल्याणकारीको १८ औं र सानिमाको पाँचौं वार्षिक साधारण सभा भिन्न भिन्नै स्थानमा सम्पन्न भएका हुन् ।
सहकारी डिभिजन कार्यालय प्रमुख योगराज धमलाको प्रमुख आतिथ्यतामा भएको जनकल्याणकारी साधारण सभामा संस्थाका सल्लाहकार गजेन्द्र नेपाल, याम सुब्बा, कर्णविक्रम लिम्बू सहित उत्कृष्ट ऋणी नविन पौडेल, उत्कृष्ट बचतकर्ता भीमकुमार लिम्बू तथा कर्मचारी र सञ्चालकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी सचिव लक्ष्मी थवेले आगामी कार्यक्रम सहितको नीति थता कार्यक्रम प्रस्तुत गरेकी थिइन् । संस्थाले अघिल्लो आर्थिक वर्षमा ७ लाख ८५ हजार १ सय ३४ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको ३५ लाख ४० हजार ९ सय ८३ रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी दिइयो । ४६ लाल ५५ हजार पाँच सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाले गएको आर्थिक वर्षमा दुई करोड ३४ लाख ६८ हजार ७ सय २७ रुपैयाँको कारोबार गरेको जानकारी दिइयो ।
यता, सानिमामा बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभाको उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रम्ख द्वारिकलाल चौधरीले गरेका थिए । दुर्गा पार्टी प्यालेसमा भएको सो कार्यक्रममा इटहरी ४ का वार्ड अध्यक्ष चन्द्रप्रसाद भट्टराईसहित संस्था तथा विभिन्न क्षेत्रका प्रतिनिधीहरुको सहभागिता रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले संस्थाको कार्यक्रम तथा गतिविधीबारे जानकारी गराएका थिए । अघिल्लो आर्थिक वर्षमा सानिमा बचत तथा ऋण सहकारीले ८२ लाख ४६ हजार ७सय ७१ रुपैयाँ आम्दानी गर्न सफल भएको जनाइएको छ ।
४ सय ६५ शेयर सदस्य रहेको सो संस्थामा शेयर पुँजी १ करोड ६३ लाख ५२ हजार ५ सय, बचत ३ करोड २ लाख ४७ हजार ३ सय २५ रुपैयाँ तथा ४ करोड ५० लाख ७३ हजार पाँच सय रुपैयाँ ऋण लगानी गरेको पनि जानकारी दिइयो ।