इटहरी / स्किल क्याम्पस होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुले दशैंको अवसरमा इटहरीस्थित निःसहाय बालबालिका सेवा आश्रमका बालबालिकाहरुलाई भोजन गराएका छन् ।

कलेजका पहिलो व्याजका आरम्भ समुहले शनिबार आश्रममै विविध कार्यक्रम गरी शनिबार दशैंको भोजन गराएका हुन् । होटल म्यानेजमेन्टको पहिलो व्याजका विद्यार्थीहरु केही समय पछि इन्ट्रान्सिपको लागि चीन, बहराईनलगायतका देशमा जाने तयारीमा रहेको केलका प्रमुख कार्यकारी पृथ्वीराज पराजुलीले बताए । विद्यार्थीहरुलेनै आयोजना गरेको सो कार्यक्रमका संयोजक युवराज श्रेष्ठका अनुसार दशैंको अवसरमा अनाथ नानीहरुलाई खाना खुवाउनुका साथै पाठ्यपुस्तक तथा खेलकुद सामाग्री समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी पृथ्वीराज पराजुली, लाइन्स म्लब अफ ग्रीनसिटी इटहरीका अध्यक्ष सकुदेव घिमिरेलगायत विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा लाइन्स क्लब अफ ग्रीनसिटी इटहरीले आश्रमका नानीहरुलाई कपडा प्रदान गरेको थियो । कार्यक्रममा नानीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । वेलायतको स्कटिस क्वालिफिकेसन अथोरेटी र लण्डन च्याम्वर अफ कमर्स एण्ड इन्डष्ट्रिज नेपाल द्वारा सम्वन्धन प्राप्त स्किल क्याम्पसले विश्व बजारमा नेपाली विद्यार्थीलाई अवसर दिलाउने उदेश्यले होटल म्याजेनमेन्टको कक्षा सञ्चालनमा ल्याएको कलेजले जनाएको छ कलेजमा एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट २ वर्षे, डिप्लोमा इन होटल म्याजेमेन्ट १५ महिने, डिप्लोमा इन कलिनरी आर्टस् जस्ता विभिन्न विषयमा कोर्ष गराउने गरेको कलेजले जनाएको छ ।