तेह्रथुम/यो वर्ष दशैंलाई लक्षित गरी व्यापारीले तिव्वतवाट भेडा च्याङग्रा विक्रीका लागि नल्याउदा तेह्रथुम सहित कोशी पहाडी जिल्लामा दशैंका लागि खसीको अभाव भएको छ ।

संखुवासभा र ताप्लेजुङको उच्च पहाडी क्षेत्रवाट समेत व्यापारीले खसी, भेडा र च्याङग्रा विक्रीका लागि नल्याएकाले जिल्लामा दशैंका लागि मासुको अभाव चुलीएको हो । पुर्वी तराई तथा शहर वजार देखी दशैंका लागि खसी वोका किन्न गाउँ पसेका व्यापारी तथा सर्वसाधारण रित्तोहात फर्किरहेका छन् । दिनभर गाउँ चाहार्दा पनि भनेजस्तो खसी नभेटिए पछि विराटनगर वाट पहाडको खसी किन्न आउनु भएका राम तिम्सिना रित्तै फर्किएका छन । अघिल्लो वर्षको दशैंमा आफुले वर्षभरी पालेका खसी वोका विक्री गर्न वजार तर्फ निस्कने किसान यो वर्ष न्युन देखिएका छन् । जिल्लाको संक्रान्ति, चुहानडाँडा, म्याङलुङ, वसन्तपुर, लसुने, जिरिखिम्ती, शुक्रवारे लगायतका मुख्य वजारमा खसी वोका विक्री गर्न आउने किसान देखिएका छैनन् । जिल्लाका यी वजार देखी ग्रामिण क्षेत्र सम्म खसी किन्न आउने ग्राँहकको संख्या दशैं नजीकिए संगै वढीरहेको छ ।

तर गाउँ देखी बजार सम्म नै खसीवोका विक्री गर्न ल्याउने किसानको संख्या भने न्युन रहेको छ । गाउँमा रहेका सामुदायीक वनमा पशु वस्तु चराउन उपभोक्ता समितिले प्रतिवन्ध लगाए पछि पछिल्ला वर्षहरुमा व्यवसायीक रुपमा खसी, भेडा तथा वाख्रा पालन व्यवसाय खस्किदो अवस्थामा छ । गाउँमा मासुका लागि पालीने खसीको उत्पादन कम हुनु, मासुु खाने उपभोक्ताको संख्या वढ्नु, तिव्वत र माथिल्लो पहाडी क्षेत्रवाट जिल्लामा खसीवोका नभित्रिनु जस्ता कारणले भएका खसी वोकाको मुल्य आकासीएको व्यापारीको भनाई छ ।