-
Home
-
पूर्व
-
२ नम्बर प्रदेशमा नँया शक्तिका, छिन्नमस्ताको अध्यक्षमा सुर्यनारायण विजयी
२ नम्बर प्रदेशमा नँया शक्तिका, छिन्नमस्ताको अध्यक्षमा सुर्यनारायण विजयी
काठमाडौं/ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशमा आफ्नो बिउ जोगाएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका उम्मेदवार विजयी भएका छन् । छिन्नमस्ताको अध्यक्षमा नयाँ शक्तिका सुर्यनारायण मण्डल विजयी भएका हुन् ।
अध्यक्षमा विजयी सुर्यनारायण २८०५ मत ल्याउँदै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी विमला देवीले १३८५ मत प्राप्त गरिन् ।
उप मेयरमा भने राजपाकी उम्मेदवार उषा मण्डल निर्वाचित भएकी छन् । उषाले १७१० मत पाइन भने उनकी निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिकी प्रमिलाले १५८० मत पाइन् ।
लाेकान्तर