भद्रपुर । मादक पदार्थ खाएर महिलामाथि गाली गलौज गरेको आरोपमा विद्यालय निरीक्षकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला शिक्षा कार्यालय झापामा कार्यरत अन्दाजी ५२ वर्षिय प्रल्हाद भट्टलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरेर झापाको चन्द्रगढी वजारमा शुक्रवार राती साढे आठ बजे होहल्ला गरी महिलामाथि दुर्रव्यवहारको प्रयास गरेपछि महिलाहरुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुटपिटवाट भागेर कोठामा लुकिरहेको अवस्थामा सुरक्षाको लागि प्रहरी कार्यालयमा राखिएको एसपी विष्णु कुमा केसीले जनाए । दुवै पक्षलाइ शनिवार राखेर समस्या समाधान गरिने एसपी केसीको भनाइ छ । भट्टलाइ आफुले बारम्बार सम्झाउदा पनि नमानेको जिल्ला शिक्षा अधिकारी योगेन्द्र प्रसाद बरालले बताए । कार्यालय समय भन्दा बाहिर रहेकोले उसको व्यत्तिगत जीवनमा केहि गर्ननसकिने हुदा गल्ती गरेमा कानुनको भागिदार उ आफै हुने जिशिअ बरालले बताए ।