भद्रपुर । आफ्नो संघमा आवद्ध भई जिल्ला वन कार्यालयमा कार्यरत विभिन्न पदमा लोक सेवा आयोगवाट बढुवा भएका चार जना कर्मचारीलाइ सम्मान गरिएको छ । नेपाल जुनियर वन प्राविधिक संघ झापाले शुक्रवार अपरान्ह् जिल्ला वन कार्यालय झापामा आयोजना गरेको सम्मान तथा चाडपर्व शुभकामना आदनप्रदान कार्यक्रममा सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा फरेष्टरवाट रेन्जरमा बढुवा भएका शुरेश कुमार खनाल,वन रक्षकवाट फरेष्टरमा बढुवा भएका गौरीशंकर गनगाइ र शिवचन्द्र यादव र वन रक्षकवाटनै सहायक लेखापालमा बढुवा भएका गणेश न्यौपाने रहेका छन् । उनिहरुलाइ कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला वन अधिकृत बोधराज सुवेदीले सम्मान पत्र प्रदान गरेका थिए । सम्मान पत्र प्रदान गर्दै प्रमुख अतिथी सुवेदीले अनुशासित भएर सेवाग्राहीको मन जित्नु कर्मचारीको सम्पत्ती भएको जनाए । जुनसुकै क्षेत्रमा रहेर राम्रो काम गरेमा पुरस्कृत हुनसकिने भएकोले सफल कार्यकालको शुभकामना समेत दिएका थिए । सम्मानित हुने मध्ये गनगाइ जिल्ला वन कार्यालय मोरङ्मा कार्यरत छन भने अन्य कर्मचारी झापामनै कार्यरत रहेका छन् । त्यसैगरि कार्यक्रममा उत्कृष्ठ कर्मचारीको रुपमा रामनाथ यादव,अन्जना पुरी,मुस्ताफ अन्सारी,योगेन्द्र भण्डारीलगायतलाई समेत वन कार्यालयले सम्मान गरेको थियो भने सरुवा भएर आएका दुइ जना कर्मचारीलाई जुनियर संघले सदस्यता प्रदान गरेको थियो ।
संघका अध्यक्ष लेखप्रसाद भट्टराइको सभापतित्व तथा वन अधिकृत सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सेक्टर वन कार्यालय जलथलका प्रमुख कमलदेव चौधरी,सुरुङगा सेक्टरका सहायक वन अधिकृत एकराज दाहाल,नेप्टाका अध्यक्ष नथुनी गोहिवार यादव,सम्मानितको तर्फवाट गनगाइले आआफ्नो धारणा प्रस्तुत् गरेका थिए । उपाध्यक्ष देवका गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कुवेर प्रसाद न्यौपानेले गरेका थिए ।