विराटनगर/मोरङ प्रहरीले विराटनगर – ९ नम्बर वडाबाट नगदसहित आधा दर्जन जुवाडे पक्राउ गरेको छ ।
नेपाल काँग्रेसको विराटनगर – ९ नम्बर वडा कार्यालय भित्र तास खेलिरहेको अवस्थमा आज शुक्रबार जुवाडे पक्राउ गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा छापामार्दा प्रहरीले रङगेहात जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले जुवाडे प्रक्राउ गरेपनि उनीहरुको नाम र नगद खुलाउन चाहेन । मोरङका प्रहरी प्रवता विष्णुहरी कोइरालाले आफु बाहिर भएको भन्दै पक्राउ परेका जुवाडेको नाम जानकारी दिएनन् ।
स्रोतका अनुसार प्रक्राउ परेको जुवाडेहरु कांग्रेसका कार्यकताहरु रहेको बताइएको छ । पक्राउ परेका जुवाडेलाई प्रहरी कार्यालयतर्फ लादै ।