धरान/ धरान उपमहानगर नगर कार्यपालिकाले आफ्नो प्रथम नगर सभा अाज बाट गर्ने भएको छ । नया संविधानका दिएको अधिकारका आधारम बनेको स्थानिय सरकारको हैसियतमा हुन लागेको यो नगर सभालाई बिशेष महत्वका साथ हेरिएको छ ।यो सभालाई स्थानिय सरकारको ब्यबस्थापिका संसदको सभा हो ।
सभाले आर्थिक बर्ष २०७४÷७५ को निती तथा कार्यक्रमका सथौ अनुमानित बजेटपनि पास गर्ने छ । धरान उपमहानगरपालीकामा नगर कार्यपालीकाका प्रबक्ता मणिराम राईले असोज ६ गते शुक्रबार बाट नगर सभा सुरु हुने बताएका हुन ।‘ हामी धरान नगर सरकारको प्रथम सभाको पुर्व तयारीमा छौ,यो ऐतिहासिक समयले धरानका निती तथा कार्यक्रम,बजेट र बिभिन्न कानुन बनाउने छ’ उनले भने ।
अनुसार शुक्रबार ११ बजे बाट धरान स्थित सुनसरी उद्ययोग बाणिज्य संघको हलमा नगर सभा बस्नेछ । नगर सभामा धरान कार्यपालिकाले गठन गरेका बिभिन्न ६ वटा उपसमितीहरु सामाजिक बिकास समिति, राजस्व परिचालन समिती, आर्थिक बिकास समिति,पूर्वाधार बिकास समिति, बिधेयक समिति र सार्बजनिक सेवा तथा क्षमता बिकास समितिले बनाएका मस्यौदाहरुमा दफाबार छलफल हुने छ । छलफल बाट पारित भएका मस्यौदाहरू कानुन बन्ने छन् ।