धनकुटा / धनकुटाको चौविसे गाउँपालिका–५ बोधे स्थित तल्लो हमेलामा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन्।
सामान्य विवादका क्रममा बुधबार राति स्थानीय ३६ बर्षीया सरु तामाङले आफ्नै श्रीमान ३८ बर्षीय कमलबहादुर तामाङलाई खुकुरी प्रहार गरेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए। खुकुरी प्रहारबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका कमलबहादुरलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। खुकुरी प्रहार गर्ने श्रीमती सरुलाई अस्थायी प्रहरी विट मौनावुधुकले नियन्त्रणमा लिएको छ।
थाहाखबर